सूची
The foolish rich man
लूका 12:13~21
13 भीड़बाट एक जनाले उहाँलाई भन्यो, “गुरु, मेरा दाज्यूलाई भनिदिनुहोस्, र तिनले अंशबन्डा गरिदेऊन्।”
14 तर उहाँले त्यसलाई भन्नुभयो, “मित्र, कसले मलाई तिमीहरूमाथि न्याय गर्ने अथवा तिमीहरूको सम्पत्ति बाँड़िदिने तुल्यायो?”
15 उहाँले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, सबै किसिमका लालचबाट जोगिने काम गर, किनकि मानिसको जिन्दगी उसको धन-सम्पत्तिको प्रशस्ततामा रहँदैन।”
16 उहाँले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो, “कुनै एक जना धनी मानिसको जमिनमा प्रशस्त उब्जनी भयो।
17 त्यसले मनमनै गुन्न लाग्यो, ‘मेरो अन्न राख्ने ठाउँ मसित छैन, अब म के गरूँ?’
18 तब त्यसले भन्यो, ‘म यसो गर्नेछु– आफ्ना ढुकुटीहरू भत्काएर झन् ठूला-ठूला बनाउनेछु, र मेरा सबै अनाज र मालसामान त्यहीँ राख्नेछु।
19 अनि म आफ्नो प्राणलाई भन्नेछु, “ए प्राण, धेरै वर्षसम्म पुग्ने प्रशस्त सम्पत्ति तेरो निम्ति थुप्रिएको छ। सुख-चैनमा बस्। खा, पि, र मोज गर्”।’
20 “तर परमेश्वरले त्यसलाई भन्नुभयो, ‘ए मूर्ख, आज राती नै तेरो प्राण तँबाट लिइनेछ, र जे कुराहरू तैंले आफ्नो निम्ति थुपारेको छस्, ती कसको हुने?’
21 “आफ्नो निम्ति धन-सम्पत्ति थुपार्ने, तर परमेश्वरको दृष्टिमा धनी नहुने मान्छेको अवस्था यस्तै हुन्छ।” लूका 12:13-21
Come, See Could This Be the Chris
parmeshwor ko sahakarmiharu
K timi malai prem garchhau
parmeshwor ko bhojma nimantrana
Paapi lai khrist kaha doryaune maanish haru
sacho christian ko baato 3
sacho christian ko baato 2
sacho christian ko baato
A living sacrifice, holy, acceptable to God
Life as a Disciple of Christ 2_Deny oneself and take up one's cross
The Faith of Abel and Enoch
k paramprabhu ko sewa garnu bertha xa
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...