सूची
सूची
यूहन्‍ना 15:1~10
1 “साँचो दाखको बोट म हुँ, र मेरा पिता किसान हुनुहुन्‍छ।
2 ममा हुने प्रत्‍येक हाँगा जसले फल फलाउँदैन उहाँले त्‍यसलाई छाँट्‌नुहुन्‍छ र फल फलाउने हरेक हाँगालाई झन्‌ बढ़ी फल फलोस्‌ भनी उहाँले छिँवल्‍नुहुन्‍छ।
3 मैले तिमीहरूलाई भनेको वचनले तिमीहरू अघि नै शुद्ध भइसकेका छौ।
4 ममा रहो, र म तिमीहरूमा रहन्‍छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्‍यो आफैले फल फलाउन सक्‍दैन, त्‍यसरी तिमीहरू ममा रहेनौ भने तिमीहरूले पनि सक्‍दैनौ।
5 “दाखको बोट म हुँ, तिमीहरूचाहिँ हाँगाहरू हौ। यदि कोही ममा रह्यो भने, र म त्‍यसमा रहें भने, त्‍यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्‍दैनौ।
6 कोही मानिस ममा रहेन भने, त्‍यो हाँगाझैँ बाहिर मिल्‍काइन्‍छ, र त्‍यो सुकिहाल्‍छ। यस्‍ता हाँगाहरू मानिसहरूले बटुल्‍छन्‌, र आगोमा फालिदिन्‍छन्‌, र ती जलिहाल्‍छन्‌।
7 तिमीहरू ममा रह्यौ भने, र मेरा कुरा तिमीहरूमा रहे भने, तिमीहरूलाई जे इच्‍छा लाग्‍छ माग, र त्‍यो तिमीहरूका निम्‍ति गरिनेछ।
8 तिमीहरूले धेरै फल फलाएर मेरा चेला हौ भन्‍ने प्रमाणित गर्‍यौ भने यसैमा मेरा पिताको महिमा हुनेछ।
9 “पिताले जसरी मलाई प्रेम गर्नुभएको छ, मैले पनि तिमीहरूलाई प्रेम गरेको छु। तिमीहरू मेरो प्रेममा रहो।
10 यदि मेरा आज्ञाहरू पालन गर्‍यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ, जसरी मैले मेरा पिताका आज्ञाहरू पालन गरेको छु र उहाँको प्रेममा रहन्‍छु।
यूहन्‍ना 15:1-10
प्रतिलिपि गर्नुहोस्


dasangsa, daan ra bheti
25.9.28 २ कोरिन्थी 8:1~5 पादरी
Prabhuma rahane jiwan 5
25.9.21 भजनसंग्रह 121:1~4 पादरी
Prabhuma rahane jiwan 4
25.9.14 व्यवस्था 1:30~32 पादरी
Prabhuma rahane jiwan 3
25.9.7 यूहन्‍ना 15:3~4 पादरी
kebal parmeshwor bata aayeko aatma payeka xau
25.8.31 १ कोरिन्थी 2:10~12 पादरी
Prabhuma rahane jiwan 2
25.8.24 यूहन्‍ना 15:1~5 पादरी
Tin prakaarkaa Aananda ra Tin prakaarkaa Bilap
25.8.10 रोमी 5:1~21 पादरी
Form the image of Christ
25.8.3 गलाती 4:18~20 पादरी
Come, See Could This Be the Chris
25.7.27 यूहन्‍ना 4:27~29 पादरी
parmeshwor ko sahakarmiharu
25.7.20 १ कोरिन्थी 3:9 पादरी
K timi malai prem garchhau
25.7.13 यूहन्‍ना 21:17 पादरी
parmeshwor ko bhojma nimantrana
25.7.6 मत्ती 22:1~14 पादरी
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...