सूची
सूची
मत्ती 20:1~16
1 “स्‍वर्गको राज्‍य जमिनको एक जना मालिकजस्‍तो हो, जो बिहान सबेरै आफ्‍नो दाखबारीमा खेतालाहरूलाई ज्‍यालामा काम लाउन बाहिर निस्‍क्‍यो।
2 खेतालाहरूसँग एक दिनमा पाउने ज्‍याला तोकेर उसले तिनीहरूलाई आफ्‍नो दाखबारीमा पठायो।
3 “जब ऊ नौ बजेतिर बाहिर निस्‍क्‍यो, उसले अरूहरूलाई बजारमा बेकाम उभिरहेका देख्‍यो,
4 र उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ, र जे उचित छ म तिमीहरूलाई दिनेछु।’
5 अनि तिनीहरू गए। “फेरि उसले बाह्र बजेतिर र तीन बजेतिर बाहिर निस्‍केर त्‍यसै गर्‍यो।
6 उसले पाँच बजेतिर बाहिर निस्‍केर अरूहरूलाई उभिरहेका भेट्टायो, र तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू किन यहाँ दिनभरि बेकाम उभिरहेका छौ?’
7 “तिनीहरूले उसलाई भने, ‘कसैले हामीलाई ज्‍यालामा लगाएको छैन।’ “उसले तिनीहरूलाई भन्‍यो, ‘तिमीहरू पनि दाखबारीमा जाओ।’
8 “जब साँझ पर्‍यो, तब दाखबारीको मालिकले आफ्‍नो कर्मचारीलाई भन्‍यो, ‘खेतालाहरूलाई बोलाएर आखिरी आउनेहरूदेखि लिएर पहिला आउनेहरूसम्‍मलाई तिनीहरूका ज्‍याला देऊ।’
9 “पाँच बजे काममा लागेकाहरू आए, र तिनीहरू हरेकले पूरा दिनको ज्‍याला पाए।
10 जब पहिला ज्‍यालामा लागेकाहरू आए, तब तिनीहरूले बढ्‌ता नै पाउँला भन्‍ने विचार गरे, तर तिनीहरू हरेकले पनि एक दिनको ज्‍याला पाए।
11 ज्‍याला पाएपछि जमिनका मालिकको विरुद्धमा तिनीहरू गनगनाउन लागे।
12 तिनीहरू भन्‍न लागे, ‘यी पछिल्‍लाहरूले एक घण्‍टा मात्र काम गरे, तर तपाईंले तिनीहरूलाई हामी दिनभरिको भार बोक्‍नेहरू र चर्को गर्मी सहनेहरूसरह तुल्‍याउनुभएको छ।’
13 “तर उसले तिनीहरूमध्‍ये एक जनालाई जवाफ दियो, “मित्र, मैले तिमीमाथि केही अन्‍याय गरेको छैनँ। के तिमीले मसँग पूरा एक दिनको ज्‍यालामा काम गर्ने कबूल गरेका होइनौ?
14 तिम्रो पाउने ज्‍याला लिएर जाऊ। यस पछिल्‍लालाई पनि तिमीलाई दिएजति म दिन चाहन्‍छु।
15 मेरो जति छ, त्‍यो म आफूले चाहेजस्‍तो गर्न सक्‍दिनँ र? मेरो उदारतामा तिम्रो आँखा किन जल्‍ने?
16 “यसरी नै पछिल्‍ला पहिला हुनेछन्‌ र पहिला पछिल्‍ला हुनेछन्‌।”
मत्ती 20:1-16
प्रतिलिपि गर्नुहोस्


Sufferings and Glory of Christians
26.2.22 रोमी 8:16~18 पादरी
Come and Let Us Walk in the Light of the Lord
26.2.8 यशैया 2:5~8 पादरी
Eternal Life and Possessions
26.2.1 मत्ती 19:16~29 पादरी
Treasure Hidden in a Field
26.1.25 मत्ती 13:44~53 पादरी
Invitation to God's feast
26.1.18 मत्ती 22:1~14 पादरी
The end is at hand
26.1.11 १ पत्रुस 4:7~11 पादरी
Anantako laagi bartamanko jiwan
26.1.4 २ कोरिन्थी 4:16~18 पादरी
Manis ko yojana ra parmeshworko ichya
25.12.21 याकूब 4:13~17 पादरी
Yes maanisle jasto tw kunai maanisle kahilei bolena
25.12.14 यूहन्‍ना 7:46 पादरी
Prabhuma rahane jiwan 14
25.12.7 १ यूहन्‍ना 3:1 पादरी
Prabhuma rahane jiwan 13
25.11.30 यूहन्‍ना 15:9~14 पादरी
David's stones
25.11.23 १ शमूएल 17:1~20 पादरी
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...