सूची
The Invitation to God's Feast
मत्ती 22:1~14
1 येशूले फेरि तिनीहरूलाई दृष्टान्तहरूमा भन्नुभयो,
2 “स्वर्गको राज्यलाई एक जना राजासँग तुलना गर्न सकिन्छ, जसले आफ्नो छोराको विवाह-भोज तयार गरे,
3 र भोजमा निमन्त्रित व्यक्तिहरू बोलाउन भनी आफ्ना नोकरहरू पठाए, तर तिनीहरूले आउन मन गरेनन्।
4 “फेरि तिनले अरू नोकरहरूलाई यसो भनेर पठाए, “निमन्त्रित व्यक्तिहरूलाई भन, हेर, मैले मेरो भोज तयार गरेको छु, मेरा गोरुहरू र मोटा-मोटा पशुहरू मारिएका छन्, र सब चीजहरू तयार छन्। विवाह-भोजमा आउनुहोस्।’
5 “तर तिनीहरूले वास्तै नगरी एउटा आफ्नो खेतबारीतिर, अर्को आफ्नो व्यापारतिर लागे।
6 बाँकीचाहिँले तिनका नोकरहरूलाई पक्रेर तिनीहरूसँग दुर्व्यवहार गरे र तिनीहरूलाई मारे।
7 तब राजा क्रोधित भए, र आफ्ना फौजहरू पठाईकन ती हत्याराहरूलाई नाश गरे, र तिनीहरूको सहर जलाइदिए।
8 “तब तिनले आफ्ना नोकरहरूलाई भने, ‘विवाह-भोज तयार छ, तर निम्त्याइएकाहरू योग्य भएनन्।
9 यसकारण तिमीहरू सड़कहरूमा जाओ, र जतिलाई भेट्टाउँछौ तिनीहरूलाई विवाह-भोजमा निम्तो देओ।’
10 तब ती नोकरहरूले सड़कहरूमा गएर भेट्टाएका सबैलाई, दुष्ट र असल दुवैलाई, जम्मा गरे, र विवाह-घर पाहुनाहरूले भरियो।
11 “तर जब राजा पाहुनाहरूलाई हेर्न भनी भित्र आए, तब तिनले विवाहको पोशाक नलगाएको एक जना मानिसलाई देखे।
12 तिनले त्यसलाई सोधे, ‘मित्र, विवाहको पोशाक नपहिरी तपाईं कसरी यहाँ भित्र आउनुभयो?’ त्यो निरुत्तर भयो।
13 “तब राजाले सेवकहरूलाई भने, ‘त्यसका हात-खुट्टा बाँधेर त्यसलाई बाहिरी अन्धकारमा फालिदेओ, जहाँ मानिसहरू रुनेछन् र दाह्रा किट्नेछन्।’
14 किनभने बोलाइएका धेरै छन्, तर चुनिएका थोरै छन्।” मत्ती 22:1-14
Let us repay God's grace
Living a Life for the Load
Where Are You From
The Narrow Gate and the Qide Gate
3 Stages of Salvation
In Everything Give Thanks
The will of God toward the saints in Christ Jesus
A Life led by the Holy Spirit
The Second Coming of the Lord and the Rapture of Christians
Concerning Our Common Salvation
A Living Sacrifice, Acceptable to God
The Way to Receive Rest and Refreshment
लोड गर्दै...
प्रक्रिया गर्दै...
पठाउँदै...
खोज्दै...
